NRN ID

गैरआवासीय नेपाली परिचय पत्र जारी  

 आवश्यक कागजातहरु

खण्ड (बिदेशमा बस्ने नेपाली नागरिकहरुको प्रयोजनको लागिः

  • गैर आवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को अनुसूची १ (नियम ३ को उपनियम (१) संग सम्बन्धित) गैर आवासीय नेपालीका हैसियतमा नाम दर्ता गराउन दिने ढांचामा भरिएको निवेदन -१
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि¸
  • नेपाली राहदानीको प्रतिलिपि¸
  • विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात¸
  • विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात¸
  • कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात¸
  • हालसालै खिचिएको ID साइजका दुई प्रति फोटा ।
  • निवेदन शुल्क जा.ये. २४००
  • परिचय पत्र शुल्कः जा.ये. ९०००

खण्ड (नेपाली मूलको विदेशी नागरिकहरुको प्रयोजनको लागि

  • गैर आवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को अनुसूची १ (नियम ३ को उपनियम (१) संग सम्बन्धित) गैर आवासीय नेपालीका हैसियतमा नाम दर्ता गराउन दिने ढाँचामा भरिएको निवेदन -१ प्रति
  • बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात¸
  • नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण¸
  • बाबु र आमा तथा बाजे र बज्यैको नागरिकता प्रमाणपत्रको नम्बर¸ जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोराखुल्ने कागजात¸
  • नेपालभन्दा बाहिर कुनै देशमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात¸
  • नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात¸
  • हालसालै खिचिएको ID साइजका दुई प्रति फोटा ।
  • निवेदन शुल्क जा.ये.२४००
  • परिचय पत्र शुल्कः नेपाली मूलको विदेशी नागरिकका लागि जा.ये. ६००००

गैर आवासीय नेपाली परिचय पत्रको लागि आवश्यक कागजात पोस्टमार्फत पनि पठाउन सकिनेछ ।

विदेशमा बस्ने नेपाली नागरिकको लागि आवेदन फारम

नेपाली मुलको विदेशी नागरिकका लागि आवेदन फारम