Other Services


नागरिकता

प्रश्न: मैले जापानी नागरिकता प्राप्त गर्न नेपाली नागरिकता परित्याग गर्नु पर्ने भयो, के गर्ने?

उत्तर: पहिला जापानको नागरिता प्रप्त गर्ने र त्यस पछि संबन्धित जिल्लामा तोकिएको अधिकारीलाई नेपाली नागरिकता परित्याग गरेको सुचना दिनु पर्ने छ। नेपालको नागरिकता ऐन २०६३ को संसोधित ऐन २०६५ को ऐन नं. २५ को दफा १० को उपदफा २ अनुसार नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मिति देखि निजको नेपाली नागरिकता कायम रहने छैन।

नेपालको नागरिकता ऐन २०६३ को संसोधित ऐन २०६५ को ऐन नं. २५ को दफा १० को उपदफा १ अनुसार नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।

According the Nepali citizenship act 2063 (2006 A.D.) Act No. 25 section 10 subsection 2, The designated authority shall register the notice submitted by a citizen of Nepal, who notifies in the prescribed form of renunciation of the Citizenship of Nepal and the citizenship of the person shall be terminated from the date such notice been duly registered.

According the Nepali citizenship act 2063 (2006 A.D.) Act No. 25 section 10 subsection 1, Any Citizen of Nepal who voluntarily acquires the citizenship of any foreign country shall automatically lose the citizenship of Nepal.

नेपाली नागरिकता ऐन | Nepali Citizenship Act नेपाली परित्याग गर्ने निबेदन

वैवाहिक

प्रश्न: मेरो नेपाली/जापानी नागरिकसंग विवाह गर्नका लागि अविवाहित/एकल प्रमाणपत्र चाहिएको थियो, त्यो कसरी पाउन सकिएला?

उत्तर: अविवाहित, एकल आदि जस्ता प्रमाणपत्रहरु नेपालमा तपाई स्थायी रुपमा वसोवास भएको स्थानीय निकायबाट मात्र जारी गरेर त्यसलाई काठमाडौंको कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरेर आए पछि मात्र राजदूतावासले प्रमाणित गर्न सक्छ।

प्रश्न: मैले हालै जापानी नागरिकसंग जापानी कानून अनुसार विवाह/सम्वन्ध विच्छेद गरे, त्यसको निस्सा राजदूतावासले दिन्छ?

उत्तर: तपाई निवेदन सहित विवाह दर्ता/सम्वन्ध विच्छेद प्रमाणपत्रको प्रतिलिपि, त्यसको अंग्रेजी अनुवाद, तपाई र तपाईको पति/पत्नीको राहदानीको प्रतिलिपि र आवश्यक दस्तुर सहित राजदूतावासमा सम्पर्क राखेमा राजदूतावासले एकपत्र दिनेछ।

प्रश्न: मेरो नेपाली श्रीमान/श्रीमती संग सम्वन्ध सुमधुर रहेन। हामीले छोडपत्र दिने विचार गर्यौ। कसरी गर्ने?

उत्तर : विवाहको सम्वन्ध अन्त्यका लागि नेपालको अदालतमा एक पक्षले मुद्दाहाले पछि मात्र कारवाही हुन सक्ने हुन्छ।

प्रश्न: के जापानमा वसेर म नेपालको कानून अनुसार छोडपत्र गर्न सकिदैन र?

उत्तर: सकिन्छ। तपाईले आफ्नो वारेस मार्फ नेपालमा छोडपत्रको कारवाही गर्न सक्नु हुने छ। त्यसको कागजात वनाउन र प्रकृयाका लागि नेपालमा कानूनी सल्लाहकारसंग सर्म्पर्क राख्नु होस।

अधिकृत वारेसनामा

1. नेपाल सरकारका कुनै पनि कार्यालय, अड्डा, अदालत वा निकायमा पेश गरिने अख्तियारनामा
(अधिकृत वारेसनामा) को कागजात प्रमाणीकरणकालागि आवेदन दिन आउंदा आवेदक स्वयं नै अनिवार्यरुपमा उपस्थित हुनुपर्ने छ ।

2. अधिकृत वारेसनामा प्रमाणीकरणको लागि दस्तुर जापानी येन २४००० (चौबीस हजार) मात्र लाग्नेछ ।

3. अधिकृत वारेसनामा प्रमाणीकरण महामहिम राजदूतज्यू वा नियोग प्रमुखबाट मात्र हुने भएकोले राजदूतावासमा आवेदन बुझाउन आउंदा अग्रिम समय (एपोइन्टमेण्ट) लिनु पर्ने छ ।

अधिकृत वारेसनामाकालागि निम्न कागजातहरु पेश गर्नु आवश्यक छ

  • कानून व्यवसायीद्वारा नेपाली कागजमा रीतपूर्बक तयार गरि प्रमाणपत्र नम्वरसमेत उल्लेख भै
    सहिछाप भएको हुन पर्ने ।
  • बिक्री वितरण वा नामसारी गर्न लागिएको घर जग्गाको लालपूर्जा वा अन्य कागजातको प्रतिलिपि ।
  • अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र सक्कल राहदानी र अधिकृत वारेसनमा लिने
    व्यक्तिको नागरिकताको प्रतिलिपि ।
  • अधिकृत वारेसनामा लिने दिने दुवैको हालसालै खिचिएको तस्वीर २ – २ प्रति ।
  • आवश्यकता अनुसार नाता प्रमाणित, मृत्यु दर्ता, हकवाला आदिको कागजात ।
  • अधिकृत वारेसनामामा दुइ जना साक्षीको नाम, ठेगाना र सहीछापसमेत हुन पर्ने ।

प्रमाणीकरण सम्बधी ब्यबस्था

राजदूतावासबाट प्रमाणित गर्न पर्ने विभिन्न प्रकारका प्रमाणपत्र जस्तै, अविवाहित, विवाहित, जन्म दर्ता, मृत्यु दर्ता, सवारी चालक अनुपतिपत्र आदि कागजातमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयबाट प्रमाणीत गरेको हुनु पर्नेछ ।

  • यस्ता कागजात प्रमाणीकरणकालागि येन ६००० (छ हजार) दस्तुर लाग्नेछ ।
  • प्रमाणीकरण समान्यतया एक दिन (२४ धण्टा) भित्र सम्पन्न गरिनेछ ।
  • राजदूतावासले बुझेको कुनै पनि दस्तुरको विल उपलव्ध गराइने छ ।

अनुवाद सम्बन्धी व्यवस्था

नेपाली राजदूतावासबाट नेपाली नागरिकता प्रमाणपत्र र नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्र अनुवाद गरिने छ। अनुवादकालागि निम्न कागजातहरुका आवश्यक पर्दछ।

  • नेपाली नागरिकताको अनुवादकालागि नेपाली नागरिकता प्रमाणपत्रको सक्कल
  • सवारी चालक अनुमतिपत्रको अनुवादकालागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट Consular Attestation (प्रमाणिकरण) गरेको नेपाली सवारी चालक अनुमतिपत्रको प्रतिलिपि / फोटोकपी वा कागजात अनिवार्य पेश गर्नु पर्ने
  • नेपाली वा अंग्रेजीमा लेखिएको निवेदन
  • राहदानीको प्रतिलिपि
  • अनुवादकालागि दस्तुर ६००० येन मात्र
  • कागजात फिर्ता गर्नकोलागि निवेदकको पूरा ठेगाना उल्लेख भएको फिर्ती खाम ( हुलाक टिकट रजिष्टर्डकोलागि सहित )