नेपाली राजदूतावास, टोकियोबाट विद्युतीय राहदानी (e-Passport) को Pre -enrollment फाराम भर्ने प्रकृया, आवश्यक कागजात तथा राजश्व दस्तुर सम्बन्धी सम्पुर्ण जानकारी ।
- www.nepalpassport.gov.np वेभसाईट खुल्दा पपअपमा देखिने Apply for ePassport लिङ्कमा Click गर्नुहोस् । वा https://online.nepalpassport.gov.np/ लिंकमा जानुहोस् । वेभसाइट खुल्दा आउने (साइन इन गर्नुहोस् वा खाता बिना आवेदन दिनुहोस्) आफु अनुकुल हुने पक्रिया छनोट गर्नुहोस् ।
- Type of Application मा विकल्पहरु छान्नुहोस् ।
- पहिलो पटक राहदानी लिन (First Issuance)- जापानमा जन्मिएका बच्चाहरु (जसको यस अघि राहदानी बनेको छैन) ले यो बिकल्प छान्नुहोस् ।
- म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)- हालको रहादानीको म्याद सकिएको वा सकिन लागेको, पाना सकिएको वा म्याद रहेतापनि विवरण त्रुटी भई सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
- हराएको/चोरिएको Replacement (Lost/Stolen)/- पुरानो राहदानी हराएको वा चोरीभएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने ले यो बिकल्प छान्नुहोस् ।
- बिग्रेको राहदानीको सट्टामा Replacement (Damaged)- पुरानो राहदानीको पाना केरमेट भएको, भिजेको, च्यातिएको वा अन्य कुनै तवरले आंशिक वा पूर्ण रुपले बिग्रिएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
- राहदानीमा म्याद भएको तर विवरणमा त्रुटी भएमा Modification (Data Correction) मा छानुहोस् ।
- आफुले ३४ वा ६६ मध्ये कति पृष्ठ भएको राहदानीको लागि आवेदन गर्नेहो सो विकल्प छानी Proceed मा Click गर्नुहोस् ।
- "I agreeस्वीकृत छ" भन्ने शीर्षकमा click गर्नुहोस् ।
- Appointment Country मा Others विकल्प छानी दायाँपट्टी रहेको Appointment Location शीर्षकमा Click गरी NE,Tokyo छान्नुहोस् ।
- आफुलाई अनुकुल पर्ने उपलब्ध मिति तथा समय (गाढा कालो रंगमा देखिने) छानी Next मा click गर्नुहोस् । (तोकिएको मितिमा मात्र दूतावासमा उपस्थित हुनुहोला)
- Phone मा आवेदकको सम्पर्क गर्न सकिने व्यक्तिको नेपालको फोन न. राख्नुहोस् र आफ्नो Email राख्नुहोस्।
- DEMOGRAPHIC INFORMATION जनसांङिख्यकी जानकारी":
- Given Name मा आवेदकको नाम र Middle Name शुद्धसँग टाइप गर्नुहोस् ।
- Surname मा आवेदकको थर शुद्धसँग टाइप गर्नुहोस् ।
- Gender मा Male, Female वा Other छान्न्होस् ।
- Date of Birth (AD) मा छेउमा देखिने पात्रोको संकेतमा क्लिक गरी आफ्नो अंग्रेजी जन्ममिति छान्नुहोस् । Date of Birth (BS) मा आफ्नो जन्ममिति विक्रम संवतमा आउने छ।
- Country of Birth मा नेपालमा जन्मिनुभएको आवेदकहरुले आफ्नो जन्म भएको देश छान्नुहोस् र नेपालमा जन्मेको भए Place of Birth मा जन्म जिल्ला छान्नुहोस् । यदि आवेदक नेपाल बाहेक अन्य देशमा जन्मिनुभएको खण्डमा Country of Birth मा आफ्नो जन्म भएको देश छान्नुहोस् ।
- CITIZENSHIP INFORMATION नागरिकता सम्बन्धी जानकारी":
- National Identity Number (NIN - Enter Only Digits) विदेशस्थित नेपाली नियोगहरुबाट राहदानी बनाउँदा/नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र जरुरी गरिएको छैन ।
- Citizenship Number or Permit Number *
- आवेदकको नागरिकता नम्बर वा नाबालक परिचयपत्र नम्बर (१६ वर्ष भन्दा कम उमेरका आवेदकको हकमा) राख्नुहोस्। नागरिकता/नाबालक परिचयपत्र नं. महलमा (-/) आदि टाइप नहुने हुँदा नम्बरमात्र टाइप गर्नुहोस् ।
- जापानमा जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा विदेशस्थित नेपाली राजदूतावासमा अस्थायी दर्ता गरी राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्दा पुरानो राहदानीको Citizenship Number महलमा उल्लेख गरिएको नम्बर टाइप गर्नुहोस् ।
- जापानमा जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा नेपाली राजदूतावास, टोकियोबाट राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्न हालको राहदानीको नागरिकता नं. महलमा उल्लेख गरिएको नम्बर टाइप गर्नुहोस् ।
- जापानमा भर्खर जन्मिएका बच्चाहरुको पहिलो पटक राहदानी बनाउने प्रयोजनका लागि नेपाली राजदूतावासबाट अस्थायी दर्ता खडा गरी सो को नम्बर राखिने हुँदा आवेदकले राहदानीको अनलाइन फारम भर्दा Citizenship Number or Permit Number *मा 0000 राख्न सकिनेछ । यस स्थानमा नेपाली राजदूतावास, टोकियोबाट जारी भएको तथा जारी हुने अस्थायी दर्ताको नं. उल्लेख गरी प्रोसेस गरिनेछ ।
- Citizenship Date of Issue B.S. (Nepali date) *
- नागरिकता/ नाबालक परिचयपत्र जारी गरिएको मिति विक्रम संवतमा टाइप गर्नुहोस् । नागरिकता को प्रतितिपि जारी भएको खण्डमा शुरुमा नागरिकता जारी भएको मिति उल्लेख गर्नुहोस्।
- जापानमा जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा नेपाली राजदूतावास, टोकियोबाट राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्न तथा जापानमा भर्खर जन्मिएका बच्चाहरुको पहिलो पटक राहदानी बनाउन Citizenship Date of Issue B.S. (Nepali date) * मा 0000-00-00 राख्न सकिनेछ । यस स्थानमा नेपाली राजदूतावास, टोकियोबाट जारी भएको तथा जारी हुने अस्थायी दर्ताको मिति उल्लेख गरी प्रोसेस गरिनेछ ।
Citizenship Place of Issue (District)*
-
- नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्र जारी गरिएको जिल्ला छान्नुहोस्।
- जापानमा जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा नेपाली राजदूतावास, टोकियोबाट राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्न वा जापानमा जन्मिएका बच्चाहरुको नयाँ राहदानी बनाउनको लागि Citizenship Place of Issue मा Other Countries छानी Citizenship Place of Issue Abroad मा Japan छान्नुहोस् ।
10. Parental Information
-
- आमाको र वुवाको नाम र थर शुद्धसंग टाइप गर्नुहोस् ।
11. CONTACT INFORMAION-
- Phone मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको फोन न. राख्नुहोस् । यो महलमा नेपालको चालु फोन नं. राख्नुपर्नेछ सम्भव भए इमेल पनि राख्नुहोस्।
12. Residential address (आवासीय ठेगाना)
- Province मा प्रदेशको नाम छान्नुहोस् र District मा जिल्ला नाम छान्नुहोस् ।
- Municipality मा परिवर्तित/नयाँ गाँउपालिका/नगरपालिकाको नाम छान्नुहोस् र ward मा नयाँ वडा नम्बर राख्नुहोस् । Street मा टोल/ठाँउको नाम राख्नुहोस् ।
- House Number लेख्नु अनिवार्य छैन ।
13. Proxy details (प्रोक्सी विवरण)
- नाबालकको हकमा मात्र भर्नुहोस्
14. Replacement document data
Previous document type Ordinary passport छानुहोस् । Previous document number हालको राहदानी नं. । Date of issue (जारी मिति) र Date of expiry (म्याद सकिने मिति) । Issuing authority country मा राहदानी बनाएको दैश छानुहोस् । Previous document place of issue नेपाल मा भए जिल्ला छानुहोस् ।
15. Supporting documents
- Citizenship Certificate -नेपाली नागरिकता प्रमाणपत्र /नाबालक परिचयपत्रको अगाडीको पानाको फोटो
- Citizenship Certificate - नेपाली नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्रको पछाडिको पानाको फोटो । जापानमा जन्मिई १६ वर्ष नाघिसकेका तर नाबालक परिचय पत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र नबनाएका आवेदकहरुको हकमा सिटी अफिस/सियाक्सो वा कुयाक्सोबाट जारी जन्मदर्ता तथा जाइरो कार्डको प्रमाणपत्रको फोटो ।
- यदी नाबालक परिचयपत्र अगाडी पछाडि नभई एकै पानामा छ भने front र back मा एउटै पाना अपलोड गर्नुहोस् ।
- Academic Certificate- आवश्क नपर्ने ।
- Divorce Certificate- सामान्यतयाः आवश्क नपर्ने । श्रीमानको थर हटाई राहदानी बनाउनुपर्ने भएमा मात्र अपलोड गर्ने ।
- Marriage Registration- सामान्यतयाः आवश्क नपर्ने । श्रीमानको थर राखी राहदानी बनाउनुपर्ने भएमा मात्र अपलोड गर्ने ।
- National ID- सामान्यतयाः जरुरी छैन ।
- Any Other supporting document- सामान्यतयाः आवश्क नपर्ने । हराएको राहदानी नवीकरण गर्ने आवेदकले प्रहरी प्रतिवेदनको फोटो अपलोड गर्ने ।
- Previous Passport - मेसिन रिडेवल पासपोर्टको २ र ३ पृष्ठ अपलोड गर्ने ।
- Additional 1- आवश्क नपर्ने ।
- उल्लिखित कागजातहरु JPEG वा PNG फर्म्याटमा ३०० के वी साइजमा मात्र अपलोड हुने भएकोले Pre-enrollment सुरु गर्नु अगावै कम्प्युटरमा साइज घटाएर राख्दा सजिलो हुने । यदी मोवाइलबाट Pre-enrollment फाराम भर्दै हुनुहुन्छ भने कागजात अपलोड गर्दा Actual Size विकल्प नछानी सवैभन्दा सानो साइज छान्नुपर्ने ।
- अपलोड गरी Apply मा क्लिक गर्नुहोस् ।
- Download Click गरी Form Download गर्नुहोस् र Print गर्नुहोस् ।
दूतावास आउँदा ल्याउनुपर्ने आवश्यक कागजातहरुः
माथि उल्लेख भएअनुसार रितपूर्वक भरेको फाराम
१६ बर्ष भन्दा बढी उमेरका आवेदकको लागि
- नेपाली नागरिकता प्रमाणपत्र तथा हालको राहदानीको फोटोकपी (मेसिन रिडेवल पासपोर्टको हकमा पानना नं. २ र ३) तथा सक्कल पासपोर्ट
- राहदानी हराएको खण्डमा प्रहरी प्रतिवेदन (नमुना संलग्न)
- आवेदकको ठेगाना लेखिएको लेटरप्याक (आवेदक स्वयमं राजदूतावासमा राहदानी बुझ्न नआउने भएमा)
१६ बर्ष भन्दा कम उमेरका आवेदकको लागि नावालक परिचयपत्र बनाएको हकमा
- नाबालक परिचयपत्रको फोटोकपी
- हालको राहदानीको फोटोकपी (मेसिन रिडेवल पासपोर्टको हकमा पेज नं. २ र ३ तथा सक्कल पासपोर्ट
- आवेदकको बाबु र आमाको नागरिकता प्रमाणपत्र र राहदानीको फोटोकपी
- आवेदकको बाबु/आमाको विवाह दर्ता प्रमाणपत्रको फोटोकपी
- राहदानी हराएको खण्डमा प्रहरी प्रतिवेदन
- आवेदकको ठेगाना लेखिएको लेटरप्याक (स्वयमं राजदूतावासमा राहदानी बुझ्न नआउने भएमा)
जापानमा जन्मेका बच्चाको नयाँ राहदानी बनाउनको लागि)
- बच्चाको जापानको City Office को जन्मदर्ता (Jurishomisho) तथा बच्चाको जाइर्यु कार्डको फोटोकपी
- मापदण्ड अनुरुपको २ प्रति फोटो (फोटोको विवरण तथा नमुना संलग्न) फोटोको विवरणबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
- बच्चाको बाबु र आमाको नागरिकता प्रमाणपत्रको फोटोकपी
- बच्चाको बाबु/आमाको विवाह दर्ता प्रमाणपत्रको फोटोकपी
- आवेदकको ठेगाना लेखिएको लेटरप्याक (आवेदक स्वयमं राजदूतावासमा राहदानी बुझ्न नआउने भएमा)
जापानमा जन्मिएको तर नाबालक परिचयपत्र नबनाएको बच्चाको राहदानी नवीकरण गर्दा
- बच्चाको जापानको City Office को जन्मदर्ता (Jurishomisho) र बच्चाको जाइर्यु कार्डको फोटोकपी
- बच्चाको बाबु र आमाको नागरिकता प्रमाणपत्र तथा बाबु/आमाको विवाह दर्ता प्रमाणपत्रको फोटोकपी
- हालको राहदानीको फोटोकपी (मेसिन रिडेवल पासपोर्टको हकमा पेज नं. २, ३ तथा सक्कल पासपोर्ट
- राहदानी हराएको खण्डमा प्रहरी प्रतिवेदन
- आवेदकको ठेगाना लेखिएको लेटरप्याक (स्वयमं राजदूतावासमा राहदानी बुझ्न नआउने भएमा)
राहदानीका लागि लाग्ने दस्तुर (जापानी येनमा)
- राहदानी नवीकरण- दश वर्ष भन्दा बढी उमेरका आवेदकको लागि-जा.ये. २३०००/००
- राहदानी नवीकरण- दश वर्ष भन्दा कम उमेरका आवेदकको लागि- जा.ये. १२०००/००
- जापानमा जन्मिएका बच्चाको नयाँ राहदानी बनाउनको लागि- जा.ये. २००००/००
- हराएको/चोरी भएको वा नासिएको राहदानी सट्टामा नयाँ राहदानी बनाउनको लागि- जा.ये. ३५०००/००
अन्य महत्वपूर्ण जानकारीः
- १६ वर्ष उमेर पुगेका नाबालक परिचयपत्र बनाएका तर नेपाली नागरिकताको प्रमाणपत्र नबनाएकाहरुको हकमा राहदानी नवीकरण गर्दा वहाल अवधि (Validity Period) एकपटकका लागि मात्र २ वर्षको म्याद राखी राहदानी जारी हुनेछ । उक्त समयभित्र नेपाल गई नेपाली नागरिकताको प्रमाणपत्र बनाएमा पुनः १० बर्षको जारी हुनेछ । १६ बर्ष पुरा भएको तर नावालिग परिचयपत्र समेत नबनाएको हकमा नेपाल जानका लागि एक तर्फी यात्रा अनुमति मात्र जारी हुनेछ ।
- जापान जन्मिएका नेपाली नागरिकका नवजात सन्तानका राहदानी बनाउने प्रयोजनका लागि नेपाली राजदूतावास, टोकियोबाट अस्थायी जन्मदर्ता अभिलेख खडा गरी सोको दर्ता नम्बर उल्लेख गरी राहदानी जारी गरिनेछ । नाबालकको पहिलो पटक राहदानीको आवेदन गर्दा वायोमेट्रिकको लागि राजदूतावासमा आउनु नपर्ने हुँदा आवश्यक कागजात राजदूतावासको ठेगानामा पोस्ट गरी पठाउनुपर्नेछ
नाबालकको पहिलो पटक राहदानीको (e-Passport) आवेदन गर्दा चाहिने फोटो सम्बन्धी विवरण
विद्युतीय राहदानी (e-Passport) बनाउनका लागि ICAO को मापदण्ड अनुसारको फोटो आवश्यक पर्ने हुँदा बच्चाको फोटो खिच्दा र प्रिन्ट गर्दा निम्न कुराहरुमा ध्यान दिनुहुन अनुरोध गरिन्छ
१. फोटोः- छ महिनाभित्र खिचेको रंगीन फोटो ।
२. आकार (Size):- 45mm x 35mm. फोटोमा अनुहारको भाग ७० % देखिएको हुनुपर्ने।
३. पृष्ठभूमि (Background):- सादा सेतो रङ्ग हुनुपर्ने।
४. अवस्थिति (Pose):- पूर्णरुपमा अगाडि पर्केको, दुवै कान देखिने, आँखाले क्यामेरामा हेरेको, टाउको पूरा र काँधको केही भाग देखिने, फोटोमा कतै छायाँ (Shadow) नभएको, रातो आँखा (Red Eye) नभएको, साथमा अरु व्यक्ति नभएको, कपाल राम्रोसँग मिलाएको, कपालमा हेयरविन/काँटा नलगाएको साथै ठाडो पारेर नबाँधेको, दाँत नदेखिएको, मुख राम्रोसँग बन्द गरेको हुनुपर्ने।
५. गुणस्तर प्रष्ट (Sharp Focused):- उच्च गुणस्तरको, टिका नलाएको, नाक/कानमा मुन्द्रा वा अन्य गहना नलाएको, नखुम्चिएको, मसी वा दाग वा धब्बा नलागेको, अनुहारमा धेरै उज्यालो नपरेको र स्तरीय कागजमा तथा उच्च Resolution मा प्रिन्ट गरेको।
६. शिरपोशः- विशेष धार्मिक, साँस्कृतिक एवं स्वास्थ्य सम्बन्धी कारण बाहेक टाउको खुला हुनुपर्ने।
- फोटो पठाउँदा फोटोको पछाडि बच्चाको नाम सिसाकलमले लेखेर पठाउनु होला ।