Urgent Notice for Nepalese in Japan

COVID-19 को असहज परिस्थितिले गर्दा नेपाल फर्कनु पर्ने महानुभावहरूले विवरण उपलब्ध गराउने सम्बन्धी जरूरी सूचना

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।०२।१२ को निर्णय अनुसार स्वीकृत “कोभिड – १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकतलाइ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” बमोजिम कोभिड – १९ को महामारीको परिणामस्वरूप नेपालमा बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने वाध्यता भएका जापानमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाइ प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्ने प्रयोजनका लागि विवरण चाहिएको हुँदा आफ्नो यथार्थ विवरण नेपाली राजदूतावास टोकियोको वेबसाईटमा राखिएको Travel to Nepal Form लिंकबाट यही ०५ जुन २०२० सम्ममा उपलब्ध गराउनु हुन सादर अनुरोध गरिन्छ । विवरण प्राप्त भएपश्चात् नेपालको यात्रा सुनिश्चित गर्न र नेपाल पुगेपछी क्वारेन्टाइन लगायतका अन्य व्यवस्थापनलाई सुव्यवस्थित गर्न सहयोग पुग्ने हुँदा यथार्थ र सही विवरण तोकिएको समय भित्र उपलब्ध गराइ दिनुहुन अनुरोध छ । विवरण भर्दा निम्नलिखित कुराहरूलाई विशेष ध्यान दिनुहुन समेत अनुरोध छः

तपसील

  1. विवरण भर्नका लागि यस राजदूतावास टोकीयो को वेभसाइटमा रहेको लिंक Travel to Nepal form https://jp.nepalembassy.gov.np/registration-form-for-nepalese-to-return-to-nepal/ मा गई आफ्नो विवरण भर्नुहोला । फाराम भर्दा तत्काल नेपाल फर्कनपर्नुको कारण लगायत अन्य विवरण अनिवार्य रूपमा खुलाउनु पर्नेछ । साथै रातो मार्क गरिएको विवरण अनिवार्य भर्नु पर्दछ अन्यथा यो सो फाराम पेश गर्न मिल्दैन ।

  2. नेपाल आगमनपश्चात् अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसैले विवरण भर्दा होटल क्वारेन्टिनमा बस्ने वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्ने भन्ने व्यहोरा खुलाउनु पर्नेछ ।

  3. नेपाल फर्कंदा लागेको हवाइ उडान खर्च र होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ ।

  4. स्वदेश फर्कने व्यक्तिले उडान गर्नु अगावै कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.अ।र./अ।र.डि.टी./अन्य) भएको प्रमाण साथमा राख्नुपर्ने छ र उक्त प्रमाणपत्र नेपाल आगमनपश्चात् विमानस्थलमा समेत देखाउनु पर्नेछ । परिक्षणका लागि जापानका अस्पताल तथा मेडिकल ल्किनिकहरुमा सम्पर्क गर्नु होला ।

  5. १४ दिनसम्म क्वारेन्टिनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सुरक्षा प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

  6. आदेशको उल्लङ्घन गर्ने कुनै पनि व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

  7. विस्तृत जानकारीका लागि कोभिड – १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ हेर्नुहुन अनुरोध छ ।

टोकियो, मितिः २०७७।०२।१६

“नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” हेर्नुहोस्