नेपाल तथा जापानबीचको कूटनैतीक संबन्ध


सन १९५६ सेप्टेम्बर १ तारिकका दिन नेपाल र जापानबीच औपचारिक कूटनैतीक संबन्ध स्थापना भएपश्चात आपसी संबन्धका बिबिध पक्षहरुमा बिस्तार हुँदै गएको छ। दुबै देशहरुमा आवाशिय राजदूतावास स्थापना हुनुअघी नयाँ दिल्ली स्थित आ-आफ्नो राजदूतहरुलाई नै नेपाल तथा जापानका लागि पनि राजदूतका रुपमा नियुक्ती गरिए। यस प्रकार महामहिमहरु श्री दमन शमशेर राणा तथा श्री सेईजिरो योशिजावा दुई देशका आ-आफ्नो राजदूतहरु बने।

सन १९६५ मा जापानमा आवसिय नेपाली राजदूतावासको स्थापना भयो र श्री भरत राज राजभण्डारीलाई राजदूतमा नियुक्ती गरियो। त्यसपछी सन १९६८ मा काठमान्डौंमा पनि आवसिय जापानी राजदूतावासको स्थापना गरी श्री हिदेमिची किरा राजदूतमा नियुक्ती गरियो।

नेपाल भ्रमण गर्ने पहिलो जापानी

बौद्ध भिक्षु एकाई कावागुची नेपाल भ्रमण गर्ने प्रथम जापानी नागरिक हुन। वहाँ सन १८९९ मा नेपाल आउनु भएको थियो। त्यसपश्च्यात बिभिन्न अवसरमा वहाँले चारपटक (१८९९, १९०३, १९०५ र १९१३) नेपालको गर्नुभएको थियो। भ्रमणको मुख्य उद्धेश्य तिब्बती बौद्ध धर्मको अध्ययन र अनुसन्धान गर्नु रहेको थियो। वहाँले आफ्नो नेपाल बसाईको अधिकांश समय बिभिन्न धार्मिक स्थलहरुको पहिचान एवं धर्मग्रन्थहरुको संकलनमा बिताउनु भएको थियो।

सन १९०३ मा कावागुचीले ल्हासाको जेलमा रहेका आफ्न साथीहरुलाई मुक्त गर्न सहयोग गरिदिन नेपालका प्रधानमंन्त्री चन्द्र शमसेरसँग अनुरोध गर्नुभएको थियो। नेपाली प्रधानमंन्त्रीको आग्रह बमोजिम दलाई लामाले तिब्बती जेलबाट कावागुचीका साथीहरुलाई मुक्त गरेको थियो।

नेपाल बसाइका क्रममा कावागुचीले बिभिन्न अवसरहरुमा नेपालका प्रधानमंन्त्रीसँग भेटवार्ता गर्नुभएको थीयो। भेटवार्ताका क्रममा उनीहरुबीच एक आपसमा पारीचित हुने अवसर पनि मिल्यो। त्यस्तै आपसी सदभावका फलस्वरुप सन १९०५ मा कावागुचीले नेपालका प्रधानमंन्त्रीलाई ७५ पन्ना लामो पत्र लेख्नुभएको थियो जसमा नेपालको तत्कालिन अवस्थाबरे आफ्ना अनुभूतिहरु उल्लेख गर्नुभएको थियो। उक्त पत्रमा नेपालको शिक्षा, प्रशासनिक सुधार, ब्यबसायिक शिक्षा, उध्योग तथा बैंकको स्थापना, खनिज सम्पदाको उत्खनन तथा आर्थिक सामाजिक पूर्वाधारको बिकास जस्ता देश बिकासका लागि महत्वपूर्ण सुझाव दिनुका साथै उक्त सुझाव कार्यन्वयनमा जापानी सहायताको सम्भावना पनि उठाइएका थिए।

नेपालमा वहाँको भ्रमणको शतवार्षिकी मनाउने क्रममा सन २००२ मा कावागुचीको तस्बीर अङ्कित हुलाक टिकट पनि प्रकाशन गरिएको थियो जसले नेपाल एवं जापानबीच स्थापित गहिरो सद्भावनाको प्रतिबिम्बित गर्दछ।

जापान भ्रमण गर्ने प्रथम नेपालीहरु

सन १९०२ मा नेपाल सरकारले खनिज, मेकानिकल, खरखजाना प्रबिधी, कृषिबारे अध्ययन गर्न आठ जना नेपाली युवाहरुलाई जापान पठाएको थियो। उनिहरु सबै १८ देखी २७ बर्ष उमेरका थिए र उनिहरुका साथमा १७ जना सेवकहरु पनि सँगै आएका थिए। अप्रिल महिनामा नेपालबाट निस्केर उनीहरु जुन १७ का दिन पानीजहाजबाट प्रथम नेपालीका रुपमा जापानको योकोहामा शहरमा उत्रिएका थिए। उनिहरु जापान भ्रमण गर्ने प्रथम नेपाली त थिए नै साथसाथै तत्कालिन नेपाली शासकहरुले उच्च अध्ययनका लागि तेस्रो विश्वाका मुलुकमा पठाएका प्रथम नेपालीहरु पनि हुन पुगे। देश बिकासका लागि एशियाली अनुभवबाट बढी सिक्न सकिने विश्वाशका साथ उनिहरुलाई जापान पठाइएको थियो।

जापानलाई नै रोज्नको करणमा दुई देशबीच त्यसताका बिद्यामन संस्कृतिक तथा राजनैतिक समानता पनि हुनसक्छ। साथै प्रधानमंन्त्री देब शमसेर १९ औं शताब्दिको अन्त्यतिर सबैका लागि शिक्षा, औधोगिकिकारण तथा एशियाकै पहिलो संसद जस्ता जापानको मेइजी बिकास प्रकृयाबाट प्रभाबित भएर पनि हुन सक्छ।

नेपाली विद्यार्थीहरु ३ बर्षको अध्ययन पूरा गरी जापानबाट सन १९०५ मा नेपाल फर्केका थिए। उनिहरु नेपाल फर्कदा निललहर, हलुवा बेद, कटुस र गोदावरी फूलका बिउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए जुन त्यस अगी नेपालमा पैइदैनथियो। आज ती बनस्पतिहरु नेपालमा फूलिरहेका छन जसलाई एक शताब्दी पहिले नेपाली विद्यार्थीहरुले समुद्रपारबाट आफ्ना यात्रा संस्मरण स्वरुप ल्याएका थिए। आज ती बनस्पतिहरु दुई देशबिचको जनस्तरीय मित्रताको शुरुवातका रुपमा लिन सकिन्छ।