Passport


Apply for e-Passport

Passport Status

नेपाली राजदूतावास, टोकियोबाट विद्युतीय राहदानी (e-Passport) को Pre-enrollment फाराम भर्ने प्रकृया, आवश्यक कागजात तथा राजश्व दस्तुर सम्बन्धी जानकारी ।

  1. गुगल वा अन्य इन्टरनेट ब्राउजर प्रयोग गरी nepalembassy.gov.np टाइप गरी नेपाली राजदूतावास, टोकियोको वेभसाइटमा जानुहोस् ।
  2. वेभसाईट खुल्दा पपअपमा देखिने Apply for e-Passport लिङ्कमा Click गर्नुहोस् । वा सिधै https://emrtds.nepalpassport.gov.np/ लिंकमा जानुहोस् । वेभसाइट खुल्दा आउने पपअपमा राजदूतावासबाट इ-पासपोर्ट Pre-enrollment खोलिने मिति तथा समयको क्यालेण्डर देखा पर्नेछ ।
  3. Apply for Passport- राहदानीका लागि आवेदन मा क्लिक गर्नुहोस् ।
  4. Type of Application मा विकल्पहरु छान्नुहोस् ।
            • पहिलो पटक राहदानी लिन (First Issuance)- जापानमा जन्मिएका बच्चाहरु (जसको यस अघि राहदानी बनेको छैन) ले यो बिकल्प छान्नुहोस् ।
            • म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)- हालको रहादानीको म्याद सकिएको वा सकिन लागेको, पाना सकिएको वा म्याद रहेतापनि विवरण त्रुटी भई सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
            • हराएको/चोरिएको Replacement (Lost/Stolen)/- पुरानो राहदानी हराएको वा चोरीभएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने ले यो बिकल्प छान्नुहोस् ।
            • बिग्रेको राहदानीको सट्टामा Replacement (Damaged)- पुरानो राहदानीको पाना केरमेट भएको, भिजेको, च्यातिएको वा अन्य कुनै तवरले आंशिक वा पूर्ण रुपले बिग्रिएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
  5. आफुले ३४ वा ६६ मध्ये कति पृष्ठ भएको राहदानीको लागि आवेदन गर्नेहो सो विकल्प छानी Proceed मा Click गर्नुहोस् ।
  6. ‘I agreeस्वीकृत छ’ भन्ने शीर्षकमा click गर्नुहोस् ।
  7. Appointment Country मा Others विकल्प छानी दायाँपट्टी रहेको Appointment Location शीर्षकमा Click गरी NE,Tokyo छान्नुहोस् ।
  8. आफुलाई अनुकुल पर्ने उपलब्ध मिति तथा समय (गाढा कालो रंगमा देखिने) छानी Captcha Character लाई तलपट्टी टाइप गरी Next मा click गर्नुहोस् ।
  9. DEMOGRAPHIC INFORMATION जनसांङिख्यकी जानकारी’:
            • Last Name/Surename मा आवेदकको थर र First Name आवेदकको नाम शुद्धसँग टाइप गर्नुहोस् ।
            • Gender मा Male, Female वा Other छान्न्होस् ।
            • Date of Birth (AD) मा छेउमा देखिने पात्रोको संकेतमा क्लिक गरी आफ्नो अंग्रेजी जन्ममिति छान्नुहोस् ।
            • Is this exact Date of Birth? मा Yes मा टिक लगाउनुहोस् ।
            • Date of Birth (BS) मा आफ्नो जन्ममिति विक्रम संवतमा लेख्नुहोस् । जन्ममिति छान्दा/टाइप गर्दा वर्ष-महिना र गते को Format मा लेख्नुपर्नेछ ।
            • Place of Birth मा नेपालमा जन्मिनुभएको आवेदकहरुले आफ्नो जन्म जिल्ला छान्नुहोस् । Birth Country र Nationality स्वतः आउदछ । यदि आवेदक नेपाल बाहेक अन्य देशमा जन्मिनुभएको खण्डमा Place of Birth मा scroll down गरी Other (Countries) छानी Birth Country महलमा आफ्नो जन्म भएको देश छान्नुहोस् ।
            • Father’s Last Name/Surname मा आवेदकको वुवाको थर, Father’s First Name मा आवेदकको वुवाको नाम शुद्धसंग टाइप गर्नुहोस् ।
            • Mother’s Last Name/Surname मा आवेदकको आमाको थर, Mother’s First Name मा आवेदकको आमाको नाम शुद्धसंग टाइप गर्नुहोस् ।

आवेदक तथा आवेदकको बुवा र आमाको Middle Name (Bahadur, Kumar, Prasad, Kumari, Maya, Devi आदि) भएको खण्डमा सो लाई First Name महलमा स्पेश सहित लेख्नुपर्नेछ ।

10.  CITIZENSHIP INFORMATION नागरिकता सम्बन्धी जानकारी’:

            • National Identity Number (NIN – Enter Only Digits) खाली छोड्नुहोस् । विदेशस्थित नेपाली नियोगहरुबाट राहदानी बनाउँदा/नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र जरुरी गरिएको छैन ।
            • Citizenship Number or Permit Number *
                      • आवेदकको नागरिकता नम्बर वा नाबालक परिचयपत्र नम्बर (१६ वर्ष भन्दा कम उमेरका आवेदकको हकमा) राख्नुहोस्। नागरिकता/नाबालक परिचयपत्र नं. महलमा (-/) आदि टाइप नहुने हुँदा नम्बरमात्र टाइप गर्नुहोस् ।
                      • जापानमा जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा विदेशस्थित नेपाली राजदूतावासमा अस्थायी दर्ता गरी राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्दा पुरानो राहदानीको Citizenship Number महलमा उल्लेख गरिएको नम्बर टाइप गर्नुहोस् ।
                      • जापानमा जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा नेपाली राजदूतावास, टोकियोबाट राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्न हालको राहदानीको नागरिकता नं. महलमा उल्लेख गरिएको नम्बर टाइप गर्नुहोस् ।
                      • जापानमा भर्खर जन्मिएका बच्चाहरुको पहिलो पटक राहदानी बनाउने प्रयोजनका लागि नेपाली राजदूतावासबाट अस्थायी दर्ता खडा गरी सो को नम्बर राखिने हुँदा आवेदकले राहदानीको अनलाइन फारम भर्दा Citizenship Number or Permit Number *मा 0000 राख्न सकिनेछ । यस स्थानमा नेपाली राजदूतावास, टोकियोबाट जारी भएको तथा जारी हुने अस्थायी दर्ताको नं. उल्लेख गरी प्रोसेस गरिनेछ ।
          • Citizenship Date of Issue B.S. (Nepali date) *
                      • नागरिकता/ नाबालक परिचयपत्र जारी गरिएको मिति विक्रम संवतमा टाइप गर्नुहोस् । नागरिकता को प्रतितिपि जारी भएको खण्डमा शुरुमा नागरिकता जारी भएको मिति उल्लेख गर्नुहोस्।
                      • जापानमा जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा नेपाली राजदूतावास, टोकियोबाट राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्न तथा जापानमा भर्खर जन्मिएका बच्चाहरुको पहिलो पटक राहदानी बनाउन Citizenship Date of Issue B.S. (Nepali date) * मा 0000-00-00 राख्न सकिनेछ । यस स्थानमा नेपाली राजदूतावास, टोकियोबाट जारी भएको तथा जारी हुने अस्थायी दर्ताको मिति उल्लेख गरी प्रोसेस गरिनेछ ।
          • Citizenship Place of Issue (District)*
                      • नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्र जारी गरिएको जिल्ला छान्नुहोस्।
                      • जापानमा जन्मिई नाबालक परिचयपत्र नबनाएका तथा नेपाली राजदूतावास, टोकियोबाट राहदानी लिएका आवेदकहरुको राहदानी नवीकरण गर्न वा जापानमा जन्मिएका बच्चाहरुको नयाँ राहदानी बनाउनको लागि Citizenship Place of Issue मा Other Countries छानी Citizenship Place of Issue Abroad मा Japan छान्नुहोस् ।

11. APPLICANT’S CONTACT DETAILS-आवेदकको सम्पर्क विवरण’

          • Mobile Number मा नेपालमा सम्पर्क गर्न सकिने मोवाइल नम्बर राख्नुहोस् । Email मा आवेदकको इमेल राख्नुहोस् । विवरण गल्ती भएर वा अन्य कारणले आवेदकको राहदानीको आवेदन अस्वीकृत (Reject) भएमा इमेलमा खबर प्राप्त हुने हुँदा इमेल ठेगाना अनिवार्य रुपमा लेख्नुपर्नेछ ।
          • Main Address House Number लेख्नु अनिवार्य छैन ।
          • Main Address Street/Village मा टोल/ठाँउको नाम राख्नुहोस् ।
          • Main Street ward मा वडा नम्बर राख्नुहोस् ।
          • Main Address Country मा स्वतः Nepal आउँदछ
          • Main Address Province मा प्रदेशको नाम छान्नुहोस् ।
          • Main Address District मा जिल्ला नाम छान्नुहोस् ।
          • Main Address Municipality मा गाँउपालिका/नगरपालिकाको नाम छान्नुहोस् । नोटःगाउँपालिका/नगरपालिकाकव नाम र वडा नं. नेपालमा संघियता लागू भएपछि कायम भएअनुसार हुनुपर्नेछ । यदि आवेदक वसाईसरेको खण्डमा बसाइसरेपश्चातको विवरण राख्नुपर्नेछ ।

12. CONTACT DETAILS INCASE OF EMMERGENCY- जरुरी परेमा सम्पर्क गर्ने विवरणमा दिइएका सम्पूर्ण विवरणहरु आवेदकको नभई आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको विवरण राख्नुपर्ने हुन्छ ।

          • Last Name/Surename मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको थर शुद्ध सँगटाइप गर्नुहोस्। First Name मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको नाम शुद्ध सँगटाइप गर्नुहोस् । Middle Name (Bahadur, Kumar, Prasad, Kumari, Maya, Devi आदि) भएको खण्डमा सो लाई First Name महलमा स्पेश सहित लेख्नुपर्नेछ ।
          • House Number राख्नु जरुरी छैन ।
          • Street/Village मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको टोल तथा गाउँको नाम शुद्ध सँगटाइप गर्नुहोस् ।
          • ward Number मा सम्पर्क गर्न सकिने व्यक्तिको वडा नम्बर राख्नुहोस् ।
          • Country मा स्वतः Nepal आउँछ ।
          • Province मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको प्रदेश छान्नुहोस् ।
          • District मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको जिल्ला छान्नुहोस् ।
          • Municipality मा सम्पर्क गर्न सकिने व्यक्तिको गाउँपालिका/नगरपालिकाको नाम छान्नुहोस्
          • Phone मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको फोन न. राख्नुहोस् । यो महलमा जापानको फोन नं. राख्नुपर्नेछ ।
          • Email मा आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको इमेल राख्नुहोस्।

13. Last/Current Passport Information अन्तिम/हालको राहदानी सम्बन्धी जानकारीः

          • DATE OF ISSUE A.D (For Existing Passport)
                    • छेउमा रहेको पात्रोको चिन्हमा क्लिक गरी आवेदकसँग हाल रहेको राहदानीको जारी मिति (वर्ष-महिना-गते) छान्नुहोस् ।
          • Place of Issue (District)- For Existing Passport
                    • आवेदकसँग हाल रहेको राहदानी जारी भएको निकाय छान्नुहोस् ।
                                • जिल्ला प्रशासन कार्यालयबाट जारी भएको खण्डमा जिल्लाको नाम छान्नुहोस् । जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट जारी भएको खण्डमा DAO Kathmandu छान्नुहोस् ।
                                • राहदानी विभागबाट जारी भएको खण्डमा Department of Passport छान्नुहोस् ।
                                • नेपाली राजदूतावास, टोकियोबाट जारी भएको खण्डमा Place of Issue (District)- For Existing Passport मा Other (Countries) छानी दायाँ तर्फ रहेको Place of Issue (Abroad) for Existing Passport मा गई Tokyo, Embassy of Nepal छान्नुहोस् ।
                                • स्मरण रहोस् मेसिन रिडेवल पासपोर्ट जारी भएको स्थान लेख्दा पेज नं. ३ मा जिल्लाको छाप छ भने सोही जिल्लाको नाम, यदि राहदानी विभागको नाम छ भने Department of Passport र विदेशस्थित नेपाली राजदूतावासको नाम छ भने सोही राजदुतावासको नाम छान्नुपर्नेछ । Next मा क्लिक गर्नुहोस् ।
            • Latest Passport or Travel Document Number or Latest Seaman’s Record Book मा हालको राहदानीको नम्बर राख्नुहोस् ।हराएको/चोरी भएको राहदानीको नवीकरण गर्दा,
                                • Country of Theft/Lost मा राहदानी चोरिएको/हराएको देश छान्नुहोस्
                                • Date of Theft/lost मा राहदानी चोरिएको/हराएको मिति छान्नुहोस् ।

14. File Attachment मा

            • १६ वर्ष भन्दा भाथिका आवेदकहरुले Major  तथा १६ वर्ष कमका आवेदकहरुले Minor विकल्प छनोट गरी कागजात अपलोड गर्नुहोस् । * चिन्ह लगाएको कागजात अनिवार्य अपलोड गर्नुपर्ने हुन्छ ।
            • Citizenship Certificate Front -नेपाली नागरिकता प्रमाणपत्र /नाबालक परिचयपत्रको अगाडीको पानाको फोटो ।
            • Citizenship Certificate back – नेपाली नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्रको पछाडिको पानाको फोटो । जापानमा जन्मिई १६ वर्ष नाघिसकेका तर नाबालक परिचय पत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र नबनाएका आवेदकहरुको हकमा सिटी अफिस/सियाक्सो वा कुयाक्सोबाट जारी जन्मदर्ता तथा जाइरो कार्डको प्रमाणपत्रको फोटो ।
            • यदी नाबालक परिचयपत्र अगाडी पछाडि नभई एकै पानामा छ भने front र back मा एउटै पाना अपलोड गर्नुहोस् ।
            • Academic Certificate- आवश्क नपर्ने ।
            • Divorce Certificate- सामान्यतयाः आवश्क नपर्ने । श्रीमानको थर हटाई राहदानी बनाउनुपर्ने भएमा मात्र अपलोड गर्ने ।
            • Marriage Registration- सामान्यतयाः आवश्क नपर्ने । श्रीमानको थर राखी राहदानी बनाउनुपर्ने भएमा मात्र अपलोड गर्ने ।
            • National eID- सामान्यतयाः जरुरी छैन । राष्ट्रिय परिचयपत्र बनाउनुभएको आवेदकहरुले मात्र अपलोड गर्नुपर्ने ।
            • Any Other supporting document- सामान्यतयाः आवश्क नपर्ने । हराएको राहदानी नवीकरण गर्ने आवेदकले प्रहरी प्रतिवेदनको फोटो अपलोड गर्ने ।
            • Previous Passport Back- मेसिन रिडेवल पारपोर्टको राहदानीको ३१ पृष्ठ अपलोड गर्ने ।
            • Previous Passport Front- मेसिन रिडेवल पासपोर्टको २ र ३ पृष्ठ अपलोड गर्ने ।
            • Additional 1- आवश्क नपर्ने ।
            • उल्लिखित कागजातहरु JPEG वा PNG फर्म्याटमा ३०० के वी साइजमा मात्र अपलोड हुने भएकोले Pre-enrollment सुरु गर्नु अगावै कम्प्युटरमा साइज घटाएर राख्दा सजिलो हुने । यदी मोवाइलबाट Pre-enrollment फाराम भर्दै हुनुहुन्छ भने कागजात अपलोड गर्दा Actual Size विकल्प नछानी सवैभन्दा सानो साइज छान्नुपर्ने ।
            • अपलोड गरी Next मा क्लिक गर्नुहोस् ।

15. आवेदकले भरेको सम्पूर्ण विवरणहरु एकै पानमा आउनेछ । विवरणहरु सावधानी पूर्वक रुजु गर्नुहोस् । यदी कुनै विवरण गलत भएमा छेउमा रहेको Edit को चिन्हमा वा Previous मा क्लिक गरी सच्चाउन सकिनेछ। यदि सच्चाउन भुल/छुट भएको खण्डमा appointment लिएको मितिमा राजदूतावासमा Live enrollment गर्ने दिन गलत टाइप भएको विवरण सच्चाउन सकिने हुँदा सोको लागि सम्झाउन नभुल्नुहोस् ।

16. Captcha Character टाइप गरी Save मा क्लिक गर्नुहोस् ।

17. तत् पश्चात आउने पपअपमा गई Finish मा क्लिक गर्नुहोस् ।

18. Appointment लिएको दिन राजदूतावासमा आई राहदानीको लागि लाग्ने दस्तुर नगदमा Payment गर्नुपर्ने भएकोले Payment विकल्प skip गर्नुहोस् । QR Code र Booking Reference Number सहितको Summary Page को स्क्रिनसट गर्नुहोस् । Download PDF मा क्लिक गरी डाउनलोड हुने फारामलाई प्रिन्ट गर्नुहोस् । फारम प्रिन्ट गर्न नसकेको खण्डमा फारमको स्क्रिनसट, आवश्यक अन्य कागजात र राजस्व दस्तुर लिएर Live enrollment को लागि appointment लिएको मितिमा राजदूतावासमा आउनुहोस् ।

आवश्यक कागजातहरुः

१६ बर्ष भन्दा बढी उमेरका आवेदकको लागि

          • नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी
          • हालको राहदानीको फोटोकपी (मेसिन रिडेवल पासपोर्टको हकमा पानना नं. २, ३ र ३१)
          • सक्कल पासपोर्ट
          • राहदानी हराएको खण्डमा प्रहरी प्रतिवेदन (नमुना संलग्न)
          • आवेदकको ठेगाना लेखिएको लेटरप्याक (आवेदक स्वयमं राजदूतावासमा राहदानी बुझ्न नआउने भएमा)
  • १६ बर्ष भन्दा कम उमेरका आवेदकको लागि
          • नाबालक परिचयपत्रको फोटोकपी
          • हालको राहदानीको फोटोकपी (मेसिन रिडेवल पासपोर्टको हकमा पेज नं. २, ३ र ३१)
          • सक्कल पासपोर्ट
          • आवेदकको बाबु र आमाको नागरिकता प्रमाणपत्र र राहदानीको फोटोकपी
          • आवेदकको बाबु/आमाको विवाह दर्ता प्रमाणपत्रको फोटोकपी
          • राहदानी हराएको खण्डमा प्रहरी प्रतिवेदन (नमुना संलग्न)
          • आवेदकको ठेगाना लेखिएको लेटरप्याक (आवेदक स्वयमं राजदूतावासमा राहदानी बुझ्न नआउने भएमा)
  • जापानमा जन्मेका बच्चाको नयाँ राहदानी बनाउनको लागि)
          • बच्चाको जन्मदर्ताको फोटोकपी (जापानमा जारी)
          • बच्चाको जाइर्यु कार्डको फोटोकपी
          • मापदण्ड अनुरुपको २ प्रति फोटो (फोटोको विवरण तथा नमुना संलग्न)
          • बच्चाको बाबु र आमाको नागरिकता प्रमाणपत्रको फोटोकपी
          • बच्चाको बाबु/आमाको विवाह दर्ता प्रमाणपत्रको फोटोकपी
          • आवेदकको ठेगाना लेखिएको लेटरप्याक (आवेदक स्वयमं राजदूतावासमा राहदानी बुझ्न नआउने भएमा)
  • जापानमा जन्मिएको तर नाबालक परिचयपत्र नबनाएको बच्चाको राहदानी नवीकरण गर्दा
          • बच्चाको जन्मदर्ताको फोटोकपी (जापानमा जारी)
          • बच्चाको जाइर्यु कार्डको फोटोकपी
          • बच्चाको बाबु र आमाको नागरिकता प्रमाणपत्रको फोटोकपी
          • बच्चाको बाबु/आमाको विवाह दर्ता प्रमाणपत्रको फोटोकपी
          • हालको राहदानीको फोटोकपी (मेसिन रिडेवल पासपोर्टको हकमा पेज नं. २, ३ र ३१)
          • सक्कल पासपोर्ट
          • राहदानी हराएको खण्डमा प्रहरी प्रतिवेदन (नमुना संलग्न)
          • आवेदकको ठेगाना लेखिएको लेटरप्याक (आवेदक स्वयमं राजदूतावासमा राहदानी बुझ्न नआउने भएमा)

 

राहदानीका लागि लाग्ने दस्तुर (जापानी येनमा)

          • राहदानी नवीकरण- दश वर्ष भन्दा बढी उमेरका आवेदकको लागि-जा.ये. १८०००/००
          • राहदानी नवीकरण- दश वर्ष भन्दा कम उमेरका आवेदकको लागि- जा.ये. ९०००/००
          • जापानमा जन्मिएका बच्चाको नयाँ राहदानी बनाउनको लागि- जा.ये. १५०००/००
          • हराएको/चोरी भएको वा नासिएको राहदानी सट्टामा नयाँ राहदानी बनाउनको लागि- जा.ये. ३६०००/००

अन्य महत्वपूर्ण जानकारीः

  • विद्युतीय राहदानी जारी गर्ने सम्बन्धी कार्यविधी, २०७८ बमोजिम विदेशमा जन्मेका नाबालकहरुको विद्युलीय राहदानी राजदूतावासबाट बनाएको अवस्थामा सो राहदानी नवीकरण गर्नु अगावै निवेदकले अनिवार्य रुपमा नेपाल गई नाबालक परिचयपत्र प्राप्त गरिसक्नु पर्नेछ र राहदानी नवीकरण गर्दा सो समेत पेश गर्नुपर्नेछ ।
  • साथै, १६ वर्ष उमेर पुगेका तर नेपाली नागरिकताको प्रमाणपत्र नबनाएकाहरुको हकमा राहदानी नवीकरण गर्दा वहाल अवधि (Validity Period) २ वर्षको मात्र हुनेछ र राहदानी नवीकरण गर्नु अगावै नेपाल गई अनिवार्य रुपमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी सो समेत पेश गर्नुपर्ने छ ।
  • विदेशमा जन्मिएका नेपाली नागरिकका नवजात सन्तानका लागि नेपाल गई नावालक परिचयपत्र बनाउन नसकिएको अवस्था भएमा राहदानी बनाउने प्रयोजनका लागि नेपाली राजदूतावास, टोकियोबाट अस्थायी जन्मदर्ता अभिलेख खडा गरी सोको दर्ता नम्बर उल्लेख गरी राहदानी जारी गरिनेछ ।
  • ५ वर्ष भन्दा कम उमेरका आवेदकहरु वायोमेट्रिकको लागि राजदूतावासमा आउनु नपर्ने हुँदा आवश्यक कागजात राजदूतावासको ठेगानामा पोस्ट गरी पठाउनुपर्नेछ । ५ वर्ष भन्दा बढी उमेरका आवेदकहरु आवश्यक कागजात सहित वायोमेट्रिकको लागि स्वमं राजदूतावासमा उपस्थित हुनुपर्नेछ ।

फारम भर्ने नमुनाः