Power of Attorney

अधिकृत वारेसनामा प्रमाणिकरण सम्बन्धी
नेपाल सरकारका कुनै पनि कार्यालय, अड्डा, अदालत वा निकायमा पेश गरिने अधिकृत वारेसनामा प्रमाणिकरणका लागि पेश गर्नुपर्ने कागजात तथा पुर्‍याउनुपर्ने प्रकृयाः
१. कानून व्यवसायीद्वारा नेपाली कागजमा रीतपूर्बक तयार गरिएको अधिकृत वारेसनामा (वारेसनामाको कागजमा तयार गर्ने कानून व्यवसायीको प्रमाणपत्र नं उल्लेख गरी निज द्वारा सहिछाप भएको हुनुपर्ने) ।
२. हकहस्तान्तरण गर्न लागिएको सम्पत्तिको स्वामित्व देखाउने प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
३. वारिस दिने व्यक्तिको नागरिकताको प्रमाणपत्र र राहदानी सक्कल र प्रतिलिपि एक/एक प्रति तथा लिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. वारिस लिने दिने दुवैको हालसालै खिचिएको फोटा २ – २ प्रति ।
५. आवश्यकता अनुसार नाता प्रमाणित, मृत्यु दर्ता आदिको कागजात ।
६. अधिकृत वारेसनामामा दुइ जना साक्षीको नाम, ठेगाना र सहीछापसमेत हुन पर्ने ।
७. वारिस दिने व्यक्ति स्वयं राजदूतावासमा उपस्थित हुनुपर्ने
८. अधिकृत वारेसनामा महामहिम राजदूत वा कार्यवाहक राजदूतबाट मात्र प्रमाणिकरण हुने भएकोले राजदूतवासको फोन, ई-मेल वा फेसवुक मार्फत अग्रिम समय लिएर आउनुपर्ने
९. राजश्व दस्तुर जापानी येन २४०००