Attestation

नेपाल सरकारका विभिन्न निकाय/कार्यालयले जारी गरेका प्रमाणपत्रहरु जस्तै जन्मदर्ता, विवाहदर्ता, नाताप्रमाणित आदीको प्रमाणिकरणको लागि पेश गर्नुपर्ने कागजात तथा पुर्‍याउनु पर्ने प्रकृयाः
१. नेपाल सरकार परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणित भएका प्रमाणपत्रहरुमात्र राजदूतावासबाट प्रमाणिकरण हुने
२. प्रमाणिकरण गर्नुपर्ने प्रमाणपत्रहरु सक्कल र फोटोकपी एक/एक प्रति
३. राहदानीको फोटोकपी
४. प्रमाणिकरणको गरिदिन अनुरोध गरी राजदूतावासलाई सम्बोधन गरी लेखिएको निवेदन
५. राजश्व दस्तुर ६००० (छ हजार) येन प्रति प्रमाणपत्र
नोटः उल्लिखित कागजात तथा राजश्व रकम नगदै हुलाक सेवा मार्फत राजदूतावासमा पठाएर पनि कागजात प्रमाणिकरण गराउन सकिने छ ।