बारम्बार सोधिने प्रश्नहरू

हुदैन । जापानमा बिहे गरेका दम्पतिहरुले नेपालको सम्बन्धित वडा कार्यालयमा गई बिहे दर्ता गराउनु पर्दछ । यदी श्नीमान वा श्रीमती मध्ये कुनै एक जना नेपालमा भएको र जापानबाट नेपाल जान असमर्थ भएको अवस्थामा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी अधिकृत वारेशनामा/मञ्जुरीनामाको माध्यमबाट पनि बिहे दर्ता गराउन सकिनेछ । थप जानकारी यस राजदूतावासबाट प्रवाह हुने सेवाहरुमा गई अधिकृत वारेशनामा/मञ्जुरीनामा महलबाट लिन सकिनेछ ।

हुन्छ । थप जानकारी यस राजदूतावासबाट प्रवाह हुने सेवाहरुमा गई व्यक्तिगत घटना दर्ता महलबाट लिन सकिनेछ ।

हुन्छ । थप जानकारी यस राजदूतावासबाट प्रवाह हुने सेवाहरुमा गई व्यक्तिगत घटना दर्ता महलबाट लिन सकिनेछ ।

हुदैन । अधिकृत नेपाली नागरिकले मात्र राजदूतावासबाट अधिकृत वारेशनामा /मञ्जुरीनामा प्रमाणीत गराउन सक्नेछन् ।

अधिकृत वारेशनामा, मञ्जुरीनामा, जन्म/मृत्यु दर्ता, हस्ताक्षर प्रमाणीकरण र राहदानी सम्बन्धी सेवाको लागि सेवाग्राही राजदूतावासमै उपस्थित हुनु पर्दछ । अन्य सेवाहरु हुलाक मार्फत कागजात पठाएर पनि प्राप्त गर्न सकिनेछ ।

पहिला जापानको नागरिता प्रप्त गर्ने र त्यस पछि संबन्धित जिल्लामा तोकिएको अधिकारीलाई नेपाली नागरिकता परित्याग गरेको सुचना दिनु पर्ने छ। नेपालको नागरिकता ऐन २०६३ को संसोधित ऐन २०६५ को ऐन नं. २५ को दफा १० को उपदफा २ अनुसार नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मिति देखि निजको नेपाली नागरिकता कायम रहने छैन। नेपालको नागरिकता ऐन २०६३ को संसोधित ऐन २०६५ को ऐन नं. २५ को दफा १० को उपदफा १ अनुसार नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।

सकिन्छ। तपाईले आफ्नो वारेस मार्फ नेपालमा छोडपत्रको कारवाही गर्न सक्नु हुने छ। वारेशनामा प्रमाणीकरण सम्बन्धी थप जानकारी थप जानकारी https://eontokyomofawrghqr.giwms-admin.gov.np/pages/power-of-attorney/ लिन सकिनेछ । अधिकृत वारेशनामाको कागजात बनाउन र अन्य प्रकृयाका लागि नेपालमा कानूनी सल्लाहकारसंग सर्म्पर्क राख्नु होस।

विवाहको सम्वन्ध अन्त्यका लागि नेपालको अदालतमा एक पक्षले मुद्दाहाले पछि मात्र कारवाही अगाडी बढ्न सक्ने हुन्छ। जापानका लागि नेपाली राजदूतबाट अधिकृत वारेशनामा प्रमाणीत गराई सोको आधारमा नेपालमा मुद्धा मामिला गर्न सकिन्छ । तपाईले आफ्नो वारेस मार्फ नेपालमा छोडपत्रको कारवाही गर्न सक्नुहुनेछ। हुन्छ । थप जानकारी यस राजदूतावासबाट प्रवाह हुने सेवाहरुमा गई अधिकृत वारेशनामा महलबाट लिन सकिनेछ । अधिकृत वारेशनामाको कागजात बनाउन र अन्य प्रकृयाका लागि नेपालमा कानूनी सल्लाहकारसंग सर्म्पर्क राख्नु होस।

तपाई निवेदन सहित विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, त्यसको अंग्रेजी अनुवाद, तपाई र तपाईको पति/पत्नीको राहदानीको प्रतिलिपि र आवश्यक दस्तुर सहित राजदूतावासमा सम्पर्क राखेमा राजदूतावासले एकपत्र दिनेछ। जापानमा बिहे गरेका दम्पतिहरुले नेपालको सम्बन्धित वडा कार्यालयमा गई बिहे दर्ता गराउनु पर्दछ । यदी श्नीमान वा श्रीमती मध्ये कुनै एक जना नेपालमा भएको र जापानबाट नेपाल जान असमर्थ भएको अवस्थामा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी अधिकृत वारेशनामा/मञ्जुरीनामाको माध्यमबाट पनि बिहे दर्ता गराउन सकिनेछ । थप जानकारी यस राजदूतावासबाट प्रवाह हुने सेवाहरुमा गई अधिकृत वारेशनामा/मञ्जुरीनामा महलबाट लिन सकिनेछ।

नेपालमा तपाई स्थायी रुपमा वसोवास भएको स्थानीय निकायबाट जारी अविवाहित, एकल आदि जस्ता प्रमाणपत्रहरुलाई त्रिपुरेश्वर काठमाडौंमा रहेको कन्सुलर सेवा विभागबाट प्रमाणित गरेर आए पछि मात्र राजदूतावासले प्रमाणित गर्न सक्छ।