एकतर्फी यात्रा अनुमतीपत्र (Travel Document)
जापानमा रहेका नेपाली नागरिकको राहदानी हराएको/चोरी भएको/नष्ट भएको, राहदानीको म्याद सकिएको तथा जापानमा जन्म भएका नेपाली नागरिकका सन्ततीहरुको राहदानी बनिनसकेको अवस्थामा तुरुन्त नेपाल फर्कनु पर्ने अवस्था सिर्जना भएमा एकतर्फी यात्रा अनुमती पत्रका लागि यस राजदूतावासमा निवेदन दिएमा ३ महिनाको वहाल अवधी रहने गरी एकतर्फी यात्रा अनुमतीपत्र जारी गर्न सकिने छ । एकतर्फी यात्रा अनुमतीपत्रबाट नेपाल बाहेक अन्य देशको यात्रा गर्न सकिने छैन ।
पुनः जापान फर्की आउने आवेदकले जापानको अध्यागमन कार्यालय (न्युखानमा) बाट Reentry permit लिएर मात्र नेपाल जानुपर्नेछ ।
नेपालबाट फर्किँदा राहदानी नै आवश्यक पर्ने हुँदा आवेदकले नेपाल गएपश्चात् समयमै राहदानीको लागि सम्बन्धित निकायमा आवेदन दिनुपर्नेछ । ।
एकतर्फी यात्रा अनुमतीपत्र (Travel Document आवश्यक कागजात
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- राहदानीको सक्कल र प्रतिलिपी । राहदानी हराएको खण्डमा प्रहरी प्रतिवेदनको प्रतिलिपि ।
- हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो ।
- राजस्व दस्तुर जा.ये. ८०००।
- १६ वर्षभन्दा कम उमेरका आवेदक तथा जापानमा जन्मिएका नेपाली नागरिकका सन्ततीको हकमा निम्न कागजात थप आवश्यक पर्नेः
- आवेदकको नावालक परिचयपत्रको प्रतिलिपी
- जापानको सिटी अफिसबाट जारी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि-स्युस्योउ-तादोके जुरी-स्योउमेइस्यो (जापानमा जन्मिएको हकमा)।
- आवेदकको जाइरो कार्डको प्रतिलिपी (जापानमा जन्मिएको हकमा)।
- आवेदकका बुवा र आमा दुवैजनाको नागरिकता र राहदानीको प्रतिलिपि ।
- आवेदकका बुवा-आमाको विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि ।