प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Notice regarding Birth and death registration from Embassy of Nepal, Tokyo

Notice regarding Birth and death registration from Embassy of Nepal, Tokyo

व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता सम्बन्धमा नेपाली राजदूतावास, टोकियोको अत्यन्त जरुरी सूचना ।

विदेशस्थित नेपाली नियोगहरुबाट व्यक्तिगत घटना (जन्म तथा मृत्यु) दर्ता प्रकृया शुरुवात हुने सम्बन्धमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट मिति २०८०/११/१४ मा भएको परिपत्र बमोजिम यस राजदूतावासबाट यही मिति 2080 फागुन २१ गतेबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता  प्रारम्भ भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिन्छ ।

व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ताको लागि आवश्यक कागजात/तथा शुल्कः

  • जन्म दर्ताः
    • बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
    • बाबु वा आमाको राहदानीको प्रतिलिपि।
    • सूचकको नागरिकता प्रमाणपत्र र राहदानीको प्रतिलिपि।
    • स्वास्थ्य संस्था/अस्पतालबाट जारी जन्म प्रमाणपत्र र Maternity Child Book
    • जापानको सिटि अफिसबाट जारी जन्म दर्ताको प्रमाणपत्र (जापानको परराष्ट्र मन्त्रालयको Consular Affairs Bureau बाट प्रमाणित गराएर मात्र पेश गर्नुपर्ने) र सोको अंग्रेजी अनुवाद।
    • बच्चाको Zairyu Card को फोटोकपी।
    • बच्चाको बाबु आमाको विवाहदर्ताको फोटोकपी
    • रीतपूर्वक भरेको जन्मको सूचना फाराम (फाराम यसैसाथ संलग्न) वा अनलाइन पोर्टल मार्फत प्राप्त टोकन नम्बर।
    • https://public.donidcr.gov.np/BirthRegistrationMain/BirthRegistrationMain?p=ob%2BACF2rxqibas5x2EjHVA%3D%3D लिंकमा गई सम्बन्धित घटना महलमा क्लिक गरी फाराम भर्न सकिने । यसरी फाराम भर्ने आवेदकले विवरण पेश भएपश्चात् स्क्रिनमा देखिने टोकन नम्बर अनिवार्य रुपमा साथमा लिएर आउनुपर्नेछ ।

 

    • दस्तुरः
      1.  बच्चा जन्मिएको ३५ दिन भित्र निःशुल्क ।
      2. ३५ दिन पश्चात् जापानी येन 4000.00 (अक्षरेपी चार हजार जापानी येन)
      3. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि निकाल्नुपरेमाः जापानी येन 5000.00 (अक्षरेपी पाँच हजार जापानी येन)
  • मृत्यु दर्ताः
    • मृतकको नागरिकता/नावालक परिचयपत्र र राहदानी प्रमाणपत्रको प्रतिलिपि।
    • सूचकको नागरिकता र राहदानीको प्रतिलिपि।
    • स्वास्थ्य संस्था/अस्पतालमा मृत्यु भएको भए उक्त संस्थाबाट जारी प्रतिवेदन।
    • जापानको सिटी अफिसबाट जारी मृत्यु प्रमाणपत्र (जापानको परराष्ट्र मन्त्रालयको Consular Affairs Bureau  बाट प्रमाणित गराएर मात्र पेश गर्नुपर्ने) र सोको अंग्रेजी अनुवाद।
    • रीतपूर्वक भरेको मृत्युको सूचना फाराम (फाराम यसैसाथ संलग्न) वा अनलाइन पोर्टल मार्फत प्राप्त टोकन नम्बर।
    • https://public.donidcr.gov.np/BirthRegistrationMain/BirthRegistrationMain?p=ob%2BACF2rxqibas5x2EjHVA%3D%3D लिंकमा गई सम्बन्धित घटना महलमा क्लिक गरी फाराम भर्न सकिने । यसरी फाराम भर्ने आवेदकले विवरण पेश भएपश्चात् स्क्रिनमा देखिने टोकन नम्बर अनिवार्य रुपमा साथमा लिएर आउनुपर्नेछ ।
    • दस्तुरः
      1.  घटना घटेको ३५ दिन भित्र निःशुल्क ।
      2. ३५ दिन पश्चात् जापानी येन 4000.00 (अक्षेरेपी चार हजार जापानी येन)
      3. मृत्यदर्ता प्रमाणपत्रको प्रतिलिपिनिकाल्नुपरेमाः जापानी येन 5000.00 (अक्षेरेपी पाँच हजार जापानी येन)
  • सूचक (जन्म र मृत्यु दर्ताको लागि राजदूतावासमा सूचना दिन सक्ने व्यक्ति);
    • जन्मको हकमा सम्बन्धित देशमा रहेका बच्चाको बाबु, आमा वा परिवारको १८ वर्ष पुगेको व्यक्ति।
    • मृत्युको हकमा बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी वा निजहरुको अनुपस्थितिमा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्ति।
  • घटना दर्ता (जन्म र मृत्यु) को सूचना दिने तरिकाः
    • राजदूतावासको इमेल eontokyo@mofa.gov.np मार्फत घटना दर्ताको लागि appointment लिएर राजदूतावासले उपलब्ध गराएको मिति तथा समयमा तोकिएका कागजात सहित कानूनी रुपमा सूचना दिन योग्य (माथि उल्लिखित सूचक) व्यक्ति स्वय् राजदूतावासमा उपस्थित हुनुपर्नेछ ।