national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

जापानमा जन्मिएका नेपाली नागरिकका सन्ततिहरुको प्रथम पटक राहदानी बनाउँदा आवश्यक पर्ने फोटोको विवरण

जापानमा जन्मिएका नेपाली नागरिकका सन्ततिहरुको प्रथम पटक राहदानी बनाउँदा आवश्यक पर्ने फोटोको विवरण

५ वर्ष भन्दा कम उमेरका बच्चाको विद्युतीय राहदानी (e-Passport)
बनाउनका लागि चाहिने फोटो सम्बन्धी विवरण

 

विद्युतीय राहदानी (e-Passport) बनाउनका लागि ICAO को मापदण्ड अनुसारको फोटो आवश्यक पर्ने हुँदा बच्चाको फोटो खिच्दा र प्रिन्ट गर्दा निम्न कुराहरुमा ध्यान दिनुहुन अनुरोध गरिन्छ

.          फोटोः- छ महिनाभित्र खिचेको रंगीन फोटो

.          आकार (Size):- 45mm x 35mm. फोटोमा अनुहारको भाग ७० % देखिएको हुनुपर्ने।

.          पृष्ठभूमि (Background):- सादा सेतो रङ्ग हुनुपर्ने।

.          अवस्थिति (Pose):-  पूर्णरुपमा अगाडि पर्केको, दुवै कान देखिने, आँखाले क्यामेरामा हेरेको, टाउको पूरा र काँधको केही भाग देखिने, फोटोमा कतै छायाँ (Shadow) नभएको, रातो आँखा (Red Eye) नभएको, साथमा अरु व्यक्ति नभएको, कपाल राम्रोसँग मिलाएको, कपालमा हेयरविन/काँटा नलगाएको साथै ठाडो पारेर नबाँधेको, दाँत नदेखिएको, मुख राम्रोसँग बन्द गरेको हुनुपर्ने।

.          गुणस्तर प्रष्ट (Sharp Focused):- उच्च गुणस्तरको, टिका नलाएको, नाक/कानमा मुन्द्रा वा अन्य गहना नलाएको, नखुम्चिएको, मसी वा दाग वा धब्बा नलागेको, अनुहारमा धेरै उज्यालो नपरेको र स्तरीय कागजमा तथा उच्च Resolution  मा प्रिन्ट गरेको।

.          शिरपोशः- विशेष धार्मिक, साँस्कृतिक एवं स्वास्थ्य सम्बन्धी कारण बाहेक टाउको खुला हुनुपर्ने।

नोटः

  • फोटो पठाउँदा फोटोको पछाडि बच्चाको नाम सिसाकलमले लेखेर पठाउनु होला ।