राहदानी

Apply for e-Passport

नेपाली राजदूतावास, टोकियोबाट विद्युतीय राहदानी (e-Passport) को Pre-enrollment फाराम भर्ने प्रकृया, आवश्यक कागजात तथा राजश्व दस्तुर सम्बन्धी जानकारी ।

  1. गुगल वा अन्य इन्टरनेट ब्राउजर प्रयोग गरी nepalembassy.gov.np टाइप गरी नेपाली राजदूतावास, टोकियोको वेभसाइटमा जानुहोस् ।
  2. वेभसाईट खुल्दा पपअपमा देखिने Apply for e-Passport लिङ्कमा Click गर्नुहोस् । वा सिधै https://emrtds.nepalpassport.gov.np/ लिंकमा जानुहोस् । वेभसाइट खुल्दा आउने पपअपमा राजदूतावासबाट इ-पासपोर्ट Pre-enrollment खोलिने मिति तथा समयको क्यालेण्डर देखा पर्नेछ ।
  3. Apply for Passport- राहदानीका लागि आवेदन मा क्लिक गर्नुहोस् ।
  4. Type of Application मा विकल्पहरु छान्नुहोस् ।
    • पहिलो पटक राहदानी लिन (First Issuance)- जापानमा जन्मिएका बच्चाहरु (जसको यस अघि राहदानी बनेको छैन) ले यो बिकल्प छान्नुहोस् ।
    • म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)- हालको रहादानीको म्याद सकिएको वा सकिन लागेको, पाना सकिएको वा म्याद रहेतापनि विवरण त्रुटी भई सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
    • हराएको/चोरिएको Replacement (Lost/Stolen)/- पुरानो राहदानी हराएको वा चोरीभएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने ले यो बिकल्प छान्नुहोस् ।
    • बिग्रेको राहदानीको सट्टामा Replacement (Damaged)- पुरानो राहदानीको पाना केरमेट भएको, भिजेको, च्यातिएको वा अन्य कुनै तवरले आंशिक वा पूर्ण रुपले बिग्रिएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
  5. आफुले ३४ वा ६६ मध्ये कति पृष्ठ भएको राहदानीको लागि आवेदन गर्नेहो सो विकल्प छानी Proceed मा Click गर्नुहोस् ।
  6. "I agreeस्वीकृत छ" भन्ने शीर्षकमा click गर्नुहोस् ।
  7. Appointment Country मा Others विकल्प छानी दायाँपट्टी रहेको Appointment Location शीर्षकमा Click गरी NE,Tokyo छान्नुहोस् ।
  8. आफुलाई अनुकुल पर्ने उपलब्ध मिति तथा समय (गाढा कालो रंगमा देखिने) छानी Captcha Character लाई तलपट्टी टाइप गरी Next मा click गर्नुहोस् ।
  9. DEMOGRAPHIC INFORMATION जनसांङिख्यकी जानकारी":
    • Last Name/Surename मा आवेदकको थर र First Name आवेदकको नाम शुद्धसँग टाइप गर्नुहोस् ।
    • Gender मा Male, Female वा Other छान्न्होस् ।
    • Date of Birth (AD) मा छेउमा देखिने पात्रोको संकेतमा क्लिक गरी आफ्नो अंग्रेजी जन्ममिति छान्नुहोस् ।
    • Is this exact Date of Birth? मा Yes मा टिक लगाउनुहोस् ।
    • Date of Birth (BS) मा आफ्नो जन्ममिति विक्रम संवतमा लेख्नुहोस् । जन्ममिति छान्दा/टाइप गर्दा वर्ष-महिना र गते को Format मा लेख्नुपर्नेछ ।
    • Place of Birth मा नेपालमा जन्मिनुभएको आवेदकहरुले आफ्नो जन्म जिल्ला छान्नुहोस् । Birth Country र Nationality स्वतः आउदछ । यदि आवेदक नेपाल बाहेक अन्य देशमा जन्मिनुभएको खण्डमा Place of Birth मा scroll down गरी Other (Countries) छानी Birth Country महलमा आफ्नो जन्म भएको देश छान्नुहोस् ।
    • Father"s Last Name/Surname मा आवेदकको वुवाको थर, Father"s First Name मा आवेदकको वुवाको नाम शुद्धसंग टाइप गर्नुहोस् ।
    • Mother"s Last Name/Surname मा आवेदकको आमाको थर, Mother"s First Name मा आवेदकको आमाको नाम शुद्धसंग टाइप गर्नुहोस् ।

आवेदक तथा आवेदकको बुवा र आमाको Middle Name (Bahadur, Kumar, Prasad, Kumari, Maya, Devi आदि) भएको खण्डमा सो लाई First Name महलमा स्पेश सहित लेख्नुपर्नेछ ।

10. CITIZENSHIP INFORMATION नागरिकता सम्बन्धी जानकारी":

11. APPLICANT"S CONTACT DETAILS-आवेदकको सम्पर्क विवरण"

12. CONTACT DETAILS INCASE OF EMMERGENCY- जरुरी परेमा सम्पर्क गर्ने विवरणमा दिइएका सम्पूर्ण विवरणहरु आवेदकको नभई आवेदकलाई जरुरी पर्दा सम्पर्क गर्न सकिने व्यक्तिको विवरण राख्नुपर्ने हुन्छ ।

13. Last/Current Passport Information अन्तिम/हालको राहदानी सम्बन्धी जानकारीः

14. File Attachment मा

15. आवेदकले भरेको सम्पूर्ण विवरणहरु एकै पानमा आउनेछ । विवरणहरु सावधानी पूर्वक रुजु गर्नुहोस् । यदी कुनै विवरण गलत भएमा छेउमा रहेको Edit को चिन्हमा वा Previous मा क्लिक गरी सच्चाउन सकिनेछ। यदि सच्चाउन भुल/छुट भएको खण्डमा appointment लिएको मितिमा राजदूतावासमा Live enrollment गर्ने दिन गलत टाइप भएको विवरण सच्चाउन सकिने हुँदा सोको लागि सम्झाउन नभुल्नुहोस् ।

16. Captcha Character टाइप गरी Save मा क्लिक गर्नुहोस् ।

17. तत् पश्चात आउने पपअपमा गई Finish मा क्लिक गर्नुहोस् ।

18. Appointment लिएको दिन राजदूतावासमा आई राहदानीको लागि लाग्ने दस्तुर नगदमा Payment गर्नुपर्ने भएकोले Payment विकल्प skip गर्नुहोस् । QR Code र Booking Reference Number सहितको Summary Page को स्क्रिनसट गर्नुहोस् । Download PDF मा क्लिक गरी डाउनलोड हुने फारामलाई प्रिन्ट गर्नुहोस् । फारम प्रिन्ट गर्न नसकेको खण्डमा फारमको स्क्रिनसट, आवश्यक अन्य कागजात र राजस्व दस्तुर लिएर Live enrollment को लागि appointment लिएको मितिमा राजदूतावासमा आउनुहोस् ।

आवश्यक कागजातहरुः

१६ बर्ष भन्दा बढी उमेरका आवेदकको लागि

१६ बर्ष भन्दा कम उमेरका आवेदकको लागि

जापानमा जन्मेका बच्चाको नयाँ राहदानी बनाउनको लागि)

जापानमा जन्मिएको तर नाबालक परिचयपत्र नबनाएको बच्चाको राहदानी नवीकरण गर्दा

राहदानीका लागि लाग्ने दस्तुर (जापानी येनमा)

अन्य महत्वपूर्ण जानकारीः

५ वर्ष भन्दा कम उमेरका बच्चाको विद्युतीय राहदानी (e-Passport)
बनाउनका लागि चाहिने फोटो सम्बन्धी विवरण

विद्युतीय राहदानी (e-Passport) बनाउनका लागि ICAO को मापदण्ड अनुसारको फोटो आवश्यक पर्ने हुँदा बच्चाको फोटो खिच्दा र प्रिन्ट गर्दा निम्न कुराहरुमा ध्यान दिनुहुन अनुरोध गरिन्छ

. फोटोः- छ महिनाभित्र खिचेको रंगीन फोटो

. आकार (Size):- 45mm x 35mm. फोटोमा अनुहारको भाग ७० % देखिएको हुनुपर्ने।

. पृष्ठभूमि (Background):- सादा सेतो रङ्ग हुनुपर्ने।

. अवस्थिति (Pose):- पूर्णरुपमा अगाडि पर्केको, दुवै कान देखिने, आँखाले क्यामेरामा हेरेको, टाउको पूरा र काँधको केही भाग देखिने, फोटोमा कतै छायाँ (Shadow) नभएको, रातो आँखा (Red Eye) नभएको, साथमा अरु व्यक्ति नभएको, कपाल राम्रोसँग मिलाएको, कपालमा हेयरविन/काँटा नलगाएको साथै ठाडो पारेर नबाँधेको, दाँत नदेखिएको, मुख राम्रोसँग बन्द गरेको हुनुपर्ने।

. गुणस्तर प्रष्ट (Sharp Focused):- उच्च गुणस्तरको, टिका नलाएको, नाक/कानमा मुन्द्रा वा अन्य गहना नलाएको, नखुम्चिएको, मसी वा दाग वा धब्बा नलागेको, अनुहारमा धेरै उज्यालो नपरेको र स्तरीय कागजमा तथा उच्च Resolution मा प्रिन्ट गरेको।

. शिरपोशः- विशेष धार्मिक, साँस्कृतिक एवं स्वास्थ्य सम्बन्धी कारण बाहेक टाउको खुला हुनुपर्ने।

नोटः